काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मेयर धनराज आचार्यलाई स्वास्थ्यमा केही असर परेको छ । उनकाे गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएकोमा काठमाडौं ल्याइएकाे हाे।

























