काठमाडौं । गुल्मीको मालिका गाउँपालिकाका एक कर्मचारीले चलाउँदै आएको मोटरसाइकल करिब २ हप्तादेखि सडकमै बेवारिसे अवस्थामा देखिएको छ । सरकारी नम्बर प्लेटको उक्त मोटरसाइकल ती कर्मचारीले माघ २४ गतेदेखि सडकमै छोडेर हिँडेपछि बेवारिसे बनेको छ । कच्ची सडकको छेउमा थन्किएको लु १ ब ८७७ नम्बरको मोटरसाइकल वडा नम्बर–१ नेटा वडा कार्यालय सहायक सुनिल थापाले प्रयोग गर्दै आएको बताइएको छ । घरदेखि वडाकार्यालय जाने क्रममा मोटरसाइकल बिग्रिएकाले सडकमै छोडेको उनले बताएका छन् ।
तिलोत्तमामा रेष्टुरेन्टमा काम गर्ने गुल्मी, मालिकाकी युवति मृत फेला
आफूले मोटरसाइकल मर्मतका लागि मिस्त्रीलाई फोन गरेको तर, मिस्त्रीले शनिबार बाहेका अन्य समयमा नभ्याउने बताएकाले त्यहीं छोडेर हिँडेको कार्यालय सहायक थापाले बताएका छन् । आफूले स्थानीयको घरअगाडि सुरक्षित स्थानमा मोटरसाइकलाई छोडेर गएको तर, त्यस बीचको समयमा स्थानीयले अन्यत्र सारिदिएर फोटो खिचेको उनको आरोप छ । सरकारी साधनको दुरुपयोग गरेको भन्दै त्यहाँका स्थानीय आक्रोशित समेत बनेका छन् ।