काठमाडौं । विस्तारको क्रममा रहेको मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्ड आंशिक रूपमा बन्द हुने भएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरास्थित सडक निर्माणको काममा तीव्रता दिन बन्द गरिएको पूर्वी खण्डका प्रमुख इन्जिनियर प्रकाशचन्द्र भण्डारीले जानकारी दिए ।
विमलनगर बजार देखी नयाँ पुलसम्म करिब ५०० मिटर सडक खण्ड शुक्रवारबाट एक महिनासम्म आंशिक रूपमा बन्द गर्न थालिएको छ ।
मुग्लिन-पोखरा सडक विस्तार गरिँदै, याम्पा-घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द
चैत ९ गतेसम्म आवश्यकता अनुसार समय–समयमा ४५ मिनेट देखि १ घण्टा सम्मका लागि उक्त खण्ड बन्द गरिने मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्डले बिहीबार सूचना प्रकाशित गरी जानकारी दिएको छ ।
यसरी आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलहरूले वैकल्पिक मार्ग गोरखाको पालुङटार नगरपालिकामा पर्ने ृबिमलनगर–मर्स्याङ्दी पुल–कुमाल गाउँ–नयाँ पुल पुले को प्रयोग गर्न सूचित गरिएको छ ।
ठुला सवारी साधनहरूले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन, सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नु तथा निर्माण स्थलमा फ्ल्यागम्यान, साइनबोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्नु आयोजनाले सूचित गरेको छ ।
आकस्मिक अवस्थामा अत्यावश्यक सवारी साधनहरूलाई विशेष व्यवस्था गरी सवारी आवागमन सहज गराइने विज्ञप्तिमा जनाइएको छ ।






















