काठमाडौं । इजरायली सेनाले २ प्यालेस्टिनी बालकको हत्या गरेको छ ।
नब्लस, टुल्कारेम, जेनिन र हिब्रोन क्षेत्रमा छापा मारेर इजरायली सेनाले दुई बालकको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
हिब्रोनमा १३ वर्षीय बालक आयमन नासिर अल-हैमूनीलाई इजरायली सेनाले गोली हानेर हत्या गरेको अलजजिराले बताएको छ।
उनलाई आफन्तलाई भेट्न जाँदा पेटमा गोली लागेको बताइएकाे हाे। यस्तै, जेनिनमा १३ वर्षीया बालिका रिमास अल-अमौरीलाई पेटमा गोली हानिएको थियो। उनलाई पनि अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको अलजजिराले जनाएको छ । युद्ध विरामअन्तर्गत सम्झौताको पहिलो चरण समाप्त हुन बाँकी हुँदै यस्ताे घटना भएको छ।
जेनिनमा एक व्यक्तिलाई इजरायली सेनाले गाडीबाट घिसारेर गिरफ्तार गरेको छ ।