‘लाज शरणम्’लाई प्रदर्शनको अनुमति

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले देशैभर प्रदर्शनको अनुमति पाएको छ। केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पास गरेसँगै ‘लाज शरणम्’ देशैभर प्रदर्शन हुने भएको हो। चलचित्र फागुन १४ गतेदेखि प्रदर्शनमा आउने भएको हाे।

पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए। आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो।

चलचित्रको विषयवस्तु सामान्य भएको निष्कर्षसहित प्रदर्शनको अनुमति दिइएकाे हाे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here