नेप्सेकाे उकालाे यात्रा कायमै

काठ। साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उच्च उत्तारचढाव आइरहेको नेप्से अन्तिम समयमा ७ अंकले बढेर २७ सय ६५ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय १२ कम्पनीका १ करोड ७८ लाख ६५ हजार बढी कित्ता सेयर किनबेच भएको छ। साे बाट ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँकाे काराेबार भएको छ । अघिल्लो दिन ११ अर्ब ८ करोडको कारोबार भएको थियाे ।

आज कारोबारमा आएकामध्ये १ सय ३२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ४ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । यस्तै आज ६ समुहको परिसुचक ओरालो लाग्दा ७ समुहको परिसुचक उकालो लागेका छन् ।

आज गार्डियन माइक्रो लाइफको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here