ओरालो लाग्यो सुनको भाउ, कति पुग्यो भाउ

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। बुधबार प्रतितोला ८ सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला २ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य भने बढेको छ। बुधबार प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार नौ सय ४५ रूपैयाँ किनबेच भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here