भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ। हिमपहिरोमा फसेका ५७ जना कामदार मध्य १६ जनालाई उद्धार गरिएको छ।
४१ जना अझै उद्धारको प्रतीक्षामा रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उद्धार गरिएकामध्य गम्भीर अवस्थाका उनीहरूलाई मानानजिकै रहेको सेनाको क्याम्पमा पठाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको उनीहरूको भनाइ छ ।
मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक संगठनको शिविरनजिकै ठूलो हिमपहिरो खसेको हो ।





















