विदेशमन्त्री मार्को रुबियोले भने ‘जेलेन्स्कीले माफी माग्नु पर्छ’

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले माफी माग्नु पर्ने बताएका छन् । सीएनएनसँगको अन्तर्वार्तामा उनले यस्ताे बताएका हुन्। रुबियाेले कयौं महत्वपूर्ण सम्झौतालाई राष्ट्रपति ट्रम्पले टुंग्याएकाे उल्लेख गर्दै त्यस्तो व्यक्तिको अगाडि जेलेन्स्की आक्रामकताका साथ प्रस्तुत हुन्छन् भएको टिप्पणी गरे ।

उनले भने ‘यस्ताे अवस्थामा वार्ता कसरी सम्भव हुन्छ ?

यता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने माफी माग्न अस्वीकार गरेका छन् । ‘मैले माफी माग्न जरुरी छैन। म अमेरिकी राष्ट्रपति र अमेरिकी जनतालाई सधैं सम्मान गर्छु । तर मलाई लाग्दैन कि मैले कुनै गल्ती गरेको छु’ फक्स न्युजसँग कुराकानीमा उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here