संसारलाई चकित बनाउँदै गूगलको रेडार सेन्सर स्मार्टफोन,के हो सोली रेडार सेन्सर ?

काठमाडौं । राबोटिक चुतुवा र गूगल ग्लासपछि गूगलले पुनः एकपटक आफ्नो नयाँ प्रविधिबाट संसारलाई चकित बनाएको छ ।

कम्पनीले विकास गरिरहेको नयाँ प्रविधिका माध्यमबाट कुनै पनि उपकरण ‘टच’ नगरीकनै सञ्चालन गर्न सकिने स्मार्टफोन सार्वजनिक गरेर संसारलाई नै चकित बनाएको हो । जुन फोन केहि समय अघिमात्र सार्वजनिक गरिएको छ ।

जसमा सोली रेडार सेन्सरको प्रयोग गरिएको छ । रेडार प्रविधिको माध्यमबाट उपकरणले औंलाको चालका आधारमा आफूलाई नियन्त्रण गर्छ, अर्थात् हातका औंला चलाएकै भरमा प्रयोगकर्ताले उपकरण सञ्चालन गर्न सक्छन् ।

यो प्रविधिले १० हजार फ्रेम प्रतिसेकेण्डका दरले रेकर्ड गर्ने क्षमता राख्छ । यो प्रविधिको प्रयोग अहिलेसम्म कहिल्यै नभएको कम्पनीको दाबी छ । गूगलले उक्त प्रविधि जडित आफ्नो ‘मेड बाय गूगल’ इभेन्टमा बहुप्रतिक्षित ‘गूगल पिक्सल फोर’ नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।

यसका साथै अन्य केही उत्पादनहरु पनि गूगलले अमेरिकाको न्यूयोर्कमा यही अक्टोबर १५ का दिन सार्वजनिक गरेको हो । पिक्सल फोरको सिरिजका लागि लामो समयदेखि विश्वभरका प्रयोगकर्ताहरुले प्रतिक्षा गरिरहेका थिए । यो स्मार्टफोनका विषयमा लगातार रुपमा विभिन्न जानकारीहरु लिक हुँदै आइरहेका थिए ।

गूगल पिक्सलका साथै कम्पनीले पिक्सल बड्स र नेस्ट डिभाइससहित अन्य केही डिभाइस पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोन तीन कलरमा उपलब्ध हुने भएको छ । जसमा सुन्तला रङ्गको फोन भने लिमिटेड एडिसनमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

के छ विशेषता ?

संसारकै फास्ट फेस अनलक

गूगल पिक्सलको खास विशेषता भनेको संसारकै सबैभन्दा फास्ट फेस अनलकको फिचर हो । कम्पनीको दावी अनुसार यो फोन हातमा लिनु अगावै यसको फेस अनलक फिचर एक्टिभ हुनेछ ।

संसारकै रेडार सेन्सरवाला पहिलो फोन

यो फोन संसारकै पहिलो रेडार सेन्सर फिचर उपलब्ध भएको स्मार्टफोन बनेको छ । यसका लागि फोनमा सोली मोसन सेन्सिंग रेडार राखिएको छ । यसअघि कुनै पनि स्मार्टफोनमा यस किसिमको फिचर प्रयोग गरिएको थिएन ।

के हो सोली रेडार सेन्सर ?

गूगलले विगत लामो समयदेखि यस प्रविधिमाथि काम गर्दै आएको थियो । सोली एक मोसन सेन्सिंग रेडार हो । जसमा फोनको फोरहेड अर्थात माथिल्लो भागमा लगाइएको छ । यसको मुख्य काम फोनको आसपास मोसनको सेन्स अर्थात थाहा पाउनु हो । यो मोसन सेन्सिंग रेडारले हाम्रो हातको जेस्चरलाई आफ्नो रेडियो तरंगबाट समाप्त सक्दछ । जसबाट प्रयोगकर्ताले फोनलाई नछुईकन पनि प्रयोग गर्न सक्नेछन् ।

पिक्सल फोर सिरिजमा ९० हर्ज रिफ्रेस रेट स्क्रिन

पिक्सल फोर तथा पिक्सल फोर एक्सएल दुवै फोनमा ९० हर्ज रिफ्रेस रेटको स्क्रिन रहेको छ । पिक्सल फोरमा ५.७ इन्च ओएलइडी डिस्प्ले रहेको छ । यस्तै पिक्सल फोर एक्सएलमा ६.३ इन्चको डिस्प्ले रहेको छ ।

पिक्सल फोरको क्यामेरा

यो फोनमा नयाँ कम्प्युटेसन फोटोग्राफी फिचरका साथै लाइभ एचडीआर प्लस, ड्युल एक्सपोजर कन्ट्रोल, वाइट ब्यालेन्सिंग, अपग्रेडेड पोट्रेट मोड र बुके मोड फिचर उपलब्ध छ । पिक्सल फोरमा पहिलेभन्दा राम्रो नाइट साइट मोड दिइएको छ ।

पिक्सल फोर एक्सएलको क्यामेरा

यो फोनमा पिक्सल फोर क्यामेराको हार्डवेयर प्रयोग गरिएको छ । फोनमा १२ मेगापिक्सलको प्राइमरी सेन्सर ड्युल पिक्सल आटोफोकसको क्यामेरा रहेको छ । यसका साथै क्यामेरामा अप्टिकल तथा इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन फिचर दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here