शेयर बजार राताम्मै, नेप्से ४ अंकले घट्दा ११ कारोडको कारोबार

काठमाडौं, कात्तिक ३ । साताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । आईतवार नेप्से परिसूचक ४.०३ अंकले घटेर १ हजार १ सय ३३.७१ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ०.३५ प्रतिशत कम हो ।

आइतवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.७७ अंकले घटेर २ सय ४८.३५ अंकमा झर्यो ।

आइतवार कारोबारमा आएका सबै समुहको सूचक घट्यो । आइतवार सबैभन्दा धेरै सामुहीक लगानी कोषको सूचक घट्यो । सामुहीक लगानी कोषको सूचक ३.२४ प्रतिशत घट्यो । अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार कारोबारमाच पनि कमी आएको छ । १ सय २८ कम्पनीको ४ लाख २१ हजार ४ सय ७४ कित्ता शेयर किनबेच हुँदा ११ करोड ३३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै एनआईबिएल प्रगति फन्डका शेयर धनीले कमाए । प्रगतिको शेयर मूल्य ३.८४ प्रतिशत बढ्यो । त्यस्तै सानीमा माई हाईड्रोपावरको ३.२१ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा साईनर्जि पावर डेभलभमेन्टका शेयर धनी रहेका छन् । साईनर्जिको शेयर मूल्य ५.३३ प्रतिशत घट्यो । त्यस्तै, सिटी एक्सप्रेस फाइनान्सको ४.३१ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । बैंकले १ करोड ९ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here