काठमाडौं । नेकपा एमालेले बुधबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।
बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो ।
नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेको छ ।



























