अब टिकटकमा ६० मिनेटसम्मको भिडियो राख्न सकिने

काठमाडौं । टिकटकमा अब ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने भएको छ । अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ।

तर, अन्य एप वा बाहिरबाटै तयार पारिएको भिडिओ ६० मिनेटसम्मको भए पनि टिकटकमा अपलोड गर्न सकिने भएको छ। अहिलेसम्म टिकटकले अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ।

सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो।

यदी टिकटकमा १० मिनेट भन्दा बढीको भिडियो अपलोड हुन सकेको छैन भने अकाउन्ट अपडेट गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here