अमेरिकाबाट फर्काइएकालाई लगाइयो परिवारको जिम्मा

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपालीलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।

ब्यूरोले पछी फलोअप भने गरिरहेको बताए । ग्रिफान एयरको बुधबार चार्टर्ड विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो ।

ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरुसँग सोधपुछ गरेको थियो ।

प्रहरीका अनुसार, ८ जना करिब ६ महिना अगाडि मात्रै अवैध बाटोबाट अमेरिका पुगेका थिए । उनीहरु विचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका पुगेका थिए । प्रहरीसँग उनीहरुले स्वदेशमा रोजगारीको अवसर नभएकाले अमेरिका जानु परेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here