अमेरिका र युक्रेनबीच आगामी साता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग बार्ता हुने जानकारी दिएका हुन् । अमेरिका र युक्रेनका अधिकारीहरूले शान्ति योजनाबारे छलफल गर्न बस्ने बैठकमा जेलेन्स्कीले भने भाग नलिने बताइएको छ । उनले युक्रेनले सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस युक्रेन युद्ध अन्त्य गर्न शान्तिको मोडलमा छलफल गर्न चाहेको बताएका छन् ।
गत शुक्रबार, ह्वाइट हाउसमा भएको जेलेन्स्की र ट्रम्पको चर्र्काचर्कीपछी अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोक्ुनका साथै गुप्तचर जानकारी साझा गर्न पनि बन्द गरेको छ । बिहीबार फेरी जेलेन्स्कीले पत्राचार गरेको बताइएको छ ।























