काठमाडौं । पीटि नेटा अटाे इन्डाेनेसियाले इन्डाेनेसिया इन्टरनेशनल माेटर शाे (2025 Indonesia International Motor Show) मा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३ देखि २३ सम्म जेआइ एक्स्पाे जकार्तामा आयोजित शोमा नेटा भि र नेटा एक्सकाे ३ सय २८ जनाले बुकिङ गरेका छन् । पीटि नेटा अटाे इन्डाेनेसिया
का प्रबन्ध निर्देशक, क्रिस लान भन्छन, ‘यो उपलब्धिले इण्डोनेसियाली ग्राहकहरूको नेटा प्रति विश्वास दर्शाउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ।’
शाेमा नेटाले निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू प्रदान गरेकाे थियाे । साथै आफ्ना उपभोक्ताहरूलाई विशेष रूपमा स्टलमा आमन्त्रित गरी अन्तरक्रिया समेत गरेकाे थियाे। लान भन्छन्, ‘इण्डोनेसिया विश्वकै ठूला इभि बजारमध्ये एक बन्ने सम्भावना राख्छ। नेटाले यस रूपान्तरणलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।’
यसैबीच, नेपालमा नेटाकाे को आधिकारिक वितरक सिजि माेटर्सले १ हजार भन्दा बढी नेटा भि र नेटा एक्स विक्रि गरिसकेको छ । २२ बिक्री तथा सेवा केन्द्रहरू र २५० भन्दा बढि चार्जिङ स्टेशन छन्र । सिजि माेटर्स र नेटा प्रतिको बढ्दो विश्वासले नेपाल इभि बजारमा नयाँ उपलब्धि हासिल गरेको छ।


























