गोकर्णेश्वरबाट पेस्तोल र लागु औषधसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट १ थान पेस्तोल र लागु औषधसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२० घर भई हाल गोकणेश्वर नगरपालिका– २ भाडगाउँमा डेरा गरी बस्ने ३३ वर्षीय सुदन जोशी पक्राउ परेका हुन् ।

जोशीले कोठामा अवैध हातहतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको समन्वयनमा प्रहरी वृत्त स्वयम्भूको टोलीले खानतलासी गरेको थियो ।

खोजतलासका क्रममा पेस्तोल एक थान, म्याग्जिन दुई थान, गोली १० राउण्ड, लागुऔषध (पोल्याण्ड) २ सय ५० ग्राम, ट्रामाडोल १० क्याप्सुल, ल्यापटप १ थान, तराजु १ थान, मोबाइल ७ थान र आई प्याड १ थान प्रहरीले बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here