अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबारदेखि संयुक्त राज्य अमेरिकामा आयात हुने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
पछिल्लो कर लागू गर्नुभन्दा केही घण्टाअघि ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल र आल्मुनियमको मूल्य दोब्बर बनाउने धम्कीलाई उल्ट्याएका थिए । १० प्रतिशत करलाई दोब्बर बनाउनुको सट्टा उनले २५ प्रतिशत पुर्याएका हुन् ।
‘यो अझै बढ्न सक्छ’,ट्रम्पले मंगलबार बिजनेस राउन्डटेबलले आयोजना गरेको एक कार्यक्रममा अमेरिकामा पठाइने सबै देशको स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने बताएका थिए। ‘यो जति माथि जान्छ, त्यति नै उनीहरूले निर्माण गर्ने सम्भावना बढी हुन्छ, उनले भने, धेरै कम्पनीहरूले आफ्नो उत्पादन अमेरिकामा सारिरहेका छन्।’
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको र युरोपेली संघबाट स्टील आयातमा २५ प्रतिशत र आल्मुनियम आयातमा १० प्रतिशत कर लगाएका थिए।स्टील व्यापारमा अमेरिकाका क्यानडा र मेक्सिको सबैभन्दा ठूलो साझेदार हो । क्यानडाले अमेरिकामा सबैभन्दा धेरै आल्मुनियम आपूर्ति गर्छ ।