गजामा इजराइलकाे हवाई आक्रमण, तीन पत्रकारसहित ९ जना मारिए

इजराइलको आक्रमणबाट गजामा ९ जना मारिएका छन्। इजराइलले शनिबार राति गजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो।

आक्रमणबाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्य भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेकाे छ।

मारिनेहरुमध्ये तीन जना स्थानीय पत्रकार छन्। इजराइली हवाइ आक्रमणमा परी अरू धेरै जना गम्भीर घाइते भएका छन्।गजामा युद्धविरामको विषयमा इजिप्टको राजधानी कायरोमा वार्ता हुँदै गर्दा आक्रमण गरिएको हो।

हवाई आक्रमण एउटा कारमा परेकोमा कार भित्र र बाहिर रहेकाहरूको मृत्यु भएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here