मकवानपुरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, चार जना घाइते

काठमाडौं । मकवानपुरमा भारतीय नम्बर प्लेट भएको गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छास्थित दक्षिणकाली सडक खण्डमा भारतीय नम्बर प्लेट युपी ७० एनटी ६९१७ नम्बरको गाडी दुर्घटना भएको हो।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको र ब्रेक फेल भएर भित्तामा ठोक्किएपछि गाडी सडकमै पल्टिएको थियो।

गाडिमा १७ जना सवार रहेको र त्यसमध्ये ४ जना घाइते भएको हाे

घाइतेहरूमा उत्तरप्रदेशको रायबरेलीका ५५ वर्षीय राजकरण तिवारी, ३८ को जितेन्द्र प्रताप सिंह, ४४ को अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here