काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियाकलाप संविधान विपरित भएको बताएका छन्।
राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले यस्ताे बताएका हुन्। उनले जनतालाई पुनः एकपटक रैती बनाउने गरी प्रयास सुरु गरिएको आरोप समेत लगाए।
प्रचण्डले साथै जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने दाबी गरे । प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने तथा राजाहरूले गरेका कार्यहरूबारे अहिलेको पुस्तालाई जानकारी गराउनुपर्ने बेला आएको पनि बताए ।
उनले भने‘कोत पर्व के थियो, भण्डारखाल पर्व के थियो, नेपालको नक्सालाई संकुचित बनाउने काम कसरी भएको थियो, हिजोका राजा महाराजाले नेपालको बेइज्जत कसरी गराएका थिए, यहीँ कलकत्तामा के भएको थियो, नमिता–सुमिता हत्याकाण्ड के थियो, दरबार हत्याकाण्ड के थियो भन्ने कुरा युवाहरूलाई बुझाउनु पर्ने बेला आएको छ।