काठमाडौं । मंगलबार नै सुनको भाउले दुई दिनअघिको उच्च रेकर्ड तोड्द नयाँ रेकर्ड बनाएकाे छ। साेमबारकाे तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ ।
यसअघि चैत १ गते सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।