पल्सर एनएस २०० अब एबीएसमा

काठमाडौं, ३ कात्तिक । नेपालका लागि बजाज मोटरसाइकलहरुको अधिकृत वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ पल्सर एनएस २०० मा एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम (एबीएस) ल्याएको छ ।

एन्टी–लकिङ्ग ब्रेकिङ्ग सिस्टम दुई पाङग्रे सवारी साधनहरुको सडक सुरक्षाका लागि निकै महत्वपूर्ण बन्दै गइरहेको कम्पनीको दाबी छ । एबीएसको प्रयोगले चक्का लक हुनबाट जोगाउनुका साथै जोखिमपूर्ण सडकमा चालकलाई सवारी नियन्त्रण गर्ने कम्पनीले बताएको छ ।

एबीएस भएको सवारी साधन सुरक्षित हुन्छन् किनकी यसले ब्रेकिङ्ग दुरी कम गर्दछ र जोखिमपूर्ण सडक वा आपतकालिन अवस्थामा मात्र नभएर दैनिक रुपमा समेत सवारी बाइक चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन पनि मद्दत गर्दछ ।

यसैबीच, यसले सवारी चलाउने क्रममा चोटपटक लाग्न सक्ने सम्भावना न्यून गर्दछ र बाइकको स्थिरता बढाउछ र यसले दुर्घटना हुने जोखिम कम हने कमपनीले बताएको छ ।

एबीएस भएको पल्सर एनएस २०० को शुरुवाती मुल्य रु ३,३४,९०० रहेको छ । यो देशभर रहेको बजाजको सबै आधिकारिक शोरुमहरुमा उपलब्ध भएको कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here