काठमाडौं । सरकारले कुलमान घिसिङको पक्षमा सडक र सञ्जालमा भइरहेको विरोध प्रदर्शनलाई सामान्य रुपमा लिइएको बताएको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाएपछी चौतर्फी आलोचना तथा प्रदर्शन भइरहेको छ ।
सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा हुने भन्दै त्यसलाई सरकारले अन्यथा नलिएको उनको भनाइ छ । ‘सरकारले गर्ने गरेको निर्णयमा असहमति जनाउने अधिकार त्यसलाई अन्यथा नमानेको बताए ।
साथै उनले सबै कुरा सुशासनसँग सम्बन्धित भएकोले सुशासन प्रवद्र्धनसँग जोडिएर गरिएका निर्णय भएको बताए ।