३९.१३ अंक बढ्याे नेप्से, काराेबारमा पनि वृद्धि

काठमाडौं । बुधबार सेयर बजार ३९.१३ अंक बढेको छ।

सो वृद्धिपछि नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भएकाे छ।

आज कुल २३१ कम्पनीको मूल्य बढ्दा १२ को घटेकाे छ। अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २/२ प्रतिशत बढे ।

बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशत बढेका छन् ।

माउन्टेन हाइड्रोको मूल्य ५.८५, स्वेतगंगा हाइड्रोपावरको ५.३५, मनकामना इन्जिनियरिङको ५.१९, राप्ती हाइड्रोको ४.९७ तथा हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४.४७ प्रतिशत मूल्य बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here