२१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल, भारतसहित कैयौं मुलुकका लागि रेसिप्रोकल महसुलको घोषणा गरेका छन् । नेपालका लागि अमेरिकाले १० प्रतिशत महसुल घोषणा गरेको छ । जुन धेरै विकसित मुलुकको तुलनामा कम हो । विज्ञहरुले नेपालले यस नीतिबाट लाभा लिन सक्ने बताएका छन् ।
ह्वाइट हाउसले १ सय देशको सूची सार्वजनिक गरेको छ । जसमा रेसिप्रोकल ट्यारिफ घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘आज स्वतन्त्रता दिन हो, जसको अमेरिकाले लामो समयदेखि प्रतिक्षा गरिरहेको थियो ।’ आजको दिन अमेरिकाका पुर्नजन्म भएको समेत उनको भनाई छ । अ
मेरिकी नीतिको फाइदा उठाउँदै विदेशी नागरिकले कमाइरहेको आरोप समेत उनले लगाए । अमेरिक ५० सालदेखि ठगिँदै आएको समेत उनको भनाई छ । अमेरिकाले भारतका लागि २५ प्रतिशत, बेलायतलाई १० र यूरोपेली संघलाई २० प्रतिशत महसुल घोषणा गरेको छ । कतिपय देशमा ५० प्रतिशत महसुल घोषणा गरिएको छ ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भनेका छन्, ‘तिमी मेरो साथि हौ, तर हाम्रो लागि तिमीले ठिक गरिरहेका छैनौं ।’ किनकी भारतले अमेरिकी सामानमा ५२ प्रतिशत महसुस लगाउँछ । घोषित महसुलमध्ये कतिपय आजै रातीबाट लागू हुने समेत बताइएको छ ।
रिडी–तम्घास सडक एक महिना पूर्ण रुपमा बन्द