काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्नेगरी काम अघि बढाउने बताएको छ ।
बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतकाे छलफलले यस्ताे गरेकाे हाे । हाल देशभरका शिक्षकहरू शिक्षा ऐन जारी हुनुपर्ने मागसहित काठमाडौंमा आन्दोलनमा छन् ।
गृहमन्त्री रमेश लेखकले विधेयक अघि बढाउन सरकारले भूमिका निर्वाह गर्ने बताएका छन् । उनले यस विषयमा सरकार गम्भीर भएको भन्दै
चाँडै ठोस निर्णयमा पुग्ने जानकारी दिए।