काठमाडौं। काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहरमा पर्न थालेको हप्तौं बितिसकेको छ। काठमाडौंबासी निसास्सिएका छन्।
एकातर्फ बाह्य विशालु हावाको प्रवेश तथा काठमाडौंको आन्तरिक उत्पादनले समेत प्रदुषणमा मलजल गरेको छ। वातावरण मन्त्रालयका अनुसार वायु प्रदूषणको मूख्य कारण सवारी साधन तथा कलकारखानाबाट निस्कने धुँवा हो । यो सदाबहार हुन्छ ।
तर चैत वैशाखमा खुला रुपमा फोहोर जलाउने, कृषिजन्य अवेश खेतमै जलाउने काम अधिकतम गरिन्छ ।
यसै समयमा जंगलमा मानवनिर्मित वा भवितब्यका रुपमा डडेलो लाग्छ । यसको सिधा असर हावामा पर्छ । यो समयमा जताततै आगो लाग्ने तर निभाउन वर्षा अनिवार्य हुने भएकाले पनि हावामा अत्यधिक प्रदूषण हुने गरेको छ ।
चैत–वैशाख बढी खडेरी पर्ने याम समेत हो । यी सबै कारणले यो समय वायु प्रदूषित हुने वातावरण विभागको भनाई छ । विभागले यस समयमा बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका रोगी, गर्भवतीको विशेष ख्याल राख्नु पर्ने भन्दै सचेत समेत गराएको छ ।
कसरी जोगिने ?
:वन डडेलो लगाउने काम सार्वजनिक अपराध हो, यसलाई निरुत्साहित गर्ने।
:घरायसी फोहोर तथा प्लाष्टिकजन्य फोहोर र कृषिजन्य फोहोर नजलाउने
सवारी साधनको नियमित मर्मत सम्भार गर्ने
उद्योग कलकारखाना तथा भान्साहरुमा स्वच्छ ऊर्जाको प्रयोग गर्ने
सडक तथा निर्माणकार्यबाट उड्ने धुलोको यथोचित नियन्त्रण गर्ने
सरकारले भन्यो ‘शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय आउछ’