‘तीनकुनेमा भएको घटनामा निष्पक्ष छानबिन हुन्छ’ प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा निष्पक्ष छानबिन हुने बताएका छन् ।

थाइल्यान्डको भ्रमण सकेर शनिबार स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।

उनले भने ‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, । प्रधानमन्त्री ओलीले सबै कुरामा न्यायिक छानबिन आवश्यक नभए भन्दै निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने बारे छलफल गर्ने बताए ।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ७८ जनालाई प्रहरीले मुद्दा चलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here