गगन थापाले भने ‘कीर्तिपुर मात्रै हाेइन देशका अन्य डाँडामा बसेर २/४ लाख कमाउन सकिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कीर्तिपुरको डाँडामा मात्र नभए देशका थुप्रै डाँडाबाट दुई/चार लाख रुपैयाँ कमाउने स्थिति हामीले बनाउनसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसअघि कीर्तिपुरमा उपनिर्वाचनको बेलामा आफूले गरेको भाषालाई लिएर विभिन्न ट्रोल गरिएको स्मरणा गर्दै यस्ताे भनेका हुन्।

‘हामी अबको ८/१० वर्ष भित्रमा त्यस्ता थुप्रै डाँडाहरूमा साथिहरूले दुई/चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ ।’

साथै सरकारले यसबारे सोच्नुपर्ने बेला भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here