ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा पहिरो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । अमेरिकाले १ सय भन्दा बढी देशमा रेसिप्रोकल महसुल घोषणा गरेको थियो । यसको असर सेयर बजारमा देखिएको छ ।

यसबारे राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, म कुनै पनि क्षेत्रमा गिरावट चाहँदिन, तर केही चिज ठिक गर्न औषधिको आवश्यकता पर्छ ।’

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार व्यापार साझेदार मुलुकसँग अमेरिकाले चर्को महसुल लगाउन थालेसँगै त्यसको असर सेयर बजारमा देखिएको छ ।

तर, यसले अमेरिकामा रोजगार बढेको र लगानी थपिएको दावि राष्ट्रपति ट्रम्पको छ । अब विश्व छिट्टै अमेरिकासँग नराम्रो व्यवहार गर्न छाड्ने उनको भनाई छ ।
शिक्षक महासंघले गर्याे अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here