काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित सभा आयोजना गरेको छ।
काठमाडौंको बल्खुमा आयोजना गरेको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
सभालाई अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै कार्यक्रम सञ्चालन भने महामन्त्री राजेन्द्र गुरुङले गर्नेछन् ।






















