गोदावरी पुष्प मेलाः चार दिनमा ७१ लाखको फुल बिक्री

काठमाडौं, ५ कात्तिक । काठमाडौंको जावलाखेल खेल मैदानमा सञ्चालिन गोदावरी फूल मेलामा ७१ लाखको फूल व्यापार भएको छ ।

कार्यकम संयोजक तामाङ्गका अनुसार मेला अवधीभर ७० देखि ७१ लाख सम्मको फूल तथा फूलका विरुवाहरु भएका छन् ।

चार दिनसम्म चलेको ‘१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७६’ कात्तिक १ गतेबाट सुरु भएको थियो ।

तिहार र छठको अवसर पारेर आयोजना गरिएको यो पुष्प मेला ३९ हजार मानिसले अवलोकन गरेको पनि उनले बताए ।

मेलामा कस्ता कस्ता फूल थिए ?

मेलामा गोदावरी, सयपत्री, मखमली, मनि प्लान्ट जस्ता फूलहरु समावेश गरिएका थिए ।

यसका साथै पुष्प व्यवसाय गर्न, घरआँगन बगैंचा सजाउन चाहिने सबै प्रकारका फूलहरु मेलामा थिए । यसका साथै बगैंचा र गमला तथा आगनमा रोपिएका फूलहरु गोडमेल गर्न आवश्यक पर्ने औजारहरु पनि मेलामा थिए ।

गोदावरी फूल सबैभन्दा धेरै बिक्री

यो मेलाको शिर्षकमा पनि गोदावरी फूल समावेश गरिएको कारण गोदावरी प्रजातीका फूलहरु यस मेलाको मूख्य आकर्षक भएको कारण पनि सबैभन्दा धेरै गोदावरी फूल नै बिक्री संयोजकम तामाङ्गले बताए ।

‘यो मेलामा हामीले गोदावरी फूललाई मुख्य आकर्षणको रुपमा राखेका थियौं,’ उनले भने, ‘मेलामा आएका मानिसहरुले पनि गोदावरीको फूल नै मन पराए । त्यसकारण मेलाभर सबैभन्दा धेरै गोदावरी फूल नै बिक्री भयो ।’

४३ जिल्लामा ७ सय पुष्प व्यवसायी

आर्थिक वर्ष २०७५\७६ सम्म आईपुग्दा नेपालका ४३ जिल्लाका ७ सय भन्दा धेरै मानिसहरु पुष्प व्यवसायमा लागेका छन् ।

हाल नेपालमा १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्प खेती हुँदै आएको छ जसमा ४३ हजार ५ सय भन्दा धेरै मानिसहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजगारी पाएका छन् ।

पुष्प व्यवसायले आर्थिक वर्ष २०७४\७५ मा २ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here