वर्षाका कारण गुम्याे नेपालले विश्वकप खेल्ने अवसर

समर्थकहरू आक्रोशित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्न नपाउने भएको छ ।

आज विहान भएको वर्षाका कारण खेल रद्द भएको हाे। ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे ‌।

अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७-७ अंक भएपनि नेट रनरेटका कारण अफगानिस्तान अगाडि बढ्यो भने नेपाल पछि पर्याे। नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएर नेपाल विश्वकपबाट वञ्चित भएपछि समर्थकहरू आक्रोशित बनेका छन् । समर्थकले क्यान, एसीसी र आईसीसीविरुद्ध नारा लगाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here