दक्षिण एसियाली यु-१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकालाई

काठमाडौं ५ कात्तिक । दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ ।

मंगलवार लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा भएको फाइनलमा भारतलाई हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।

नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा श्रीलंकाले भारतलाई ४२-२८ ले हरायो । खेलको सुरुवाती देखिनै आक्रमक रुपमा देखिएको श्रीलंका अन्तिम क्वाटरमा ८-७ ले पछि परेपनि उपाधिमा कब्जा जमाउन सफल बन्यो ।

पहिला क्वाटरमा ८-८ को बराबरी खेलेपनि दोस्रो र तेस्रोमा श्रीलंकाले १६-४ र ११-८ ले अग्रता बनाएको थियो ।


नेपालले चौंथो स्थान हासिल गरेको छ । खेलमा नेपाल माल्दिभ्ससँग पराजित भएको हो । नेपाललाई माल्दिभ्सले ३५- २५ ले पराजित गर्यो ।

तेस्रो स्थान हासिल गरेको माल्दिभ्ससामू नेपाली टोलीले फितलो प्रदर्शन गरे । अन्तिम राउण्डमा आक्रमक रुपमा उत्रिएका नेपाली टोलीले खेलको नजिता उल्टाउन नजिक-नजिक पुगेपनि तर सफल हुन सकेन ।

अघिल्लो तीन राउण्डमा नेपाली टोलीले स्कोर गर्ने अवसर धेरै पाएपनि सफल हुन सकेनन् । नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here