काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडकमा ब्यारिकेड राखेर बाटो बन्द गरिएको हाे।
सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बललाई खटाइएको छ । त्यस्तै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल नजिक पनि दंगा नियन्त्रण टोली र पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ ।
























