भरतपुरमा सवारी दुर्घटना, स्कुटरमा सवार महिलाको मृत्यु

काठमाडौं । चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

भरतपुरतर्फ जाँदै गरेकाे ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर–६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको हाे।

दुर्घटनापछि जिप सडकमै पल्टिएकोमा स्कुटरमा सवार महिलालाई समेत किचेर उनकाे मृत्यु भएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here