सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी शनिबार साँझ पक्राउ परेकी हुन् । सांसद राईलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा आरोप लागेको हो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि उनी लामो समयदेखि फरार थिइन् ।

राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

उनी जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here