काठमाडौं । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको मृत्युुबारे सरकारको ध्यानाकर्षण गरेका छन् ।आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार एउटै कलेजमा एकै प्रकृतिका घटना हुनुले गम्भीर बनाएको बताएका छन् ।
भारतको उडीसामा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएकी छन् । यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन ।
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाया सरकारले त्यसमा चासो देखाएर मात्रै नहुने अवस्था आएको हो कि भन्नेमा ख्याल गर्नपर्ने बताए । त्यस्तै नेकपा माओवादी केन्द्रकी सांसद गंगा कुमारी बेलबासे सरकारले गम्भीर रुपमा चासो लिएर त्यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।
उनले भनिन्‘किन बारम्बार घटना भइरहेका छन ? यसबारे समिति बनाएर छानबिन गरियोस् ।’
नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साह केआईआईटी विश्वविद्यालयमा कुनै न कुनै समस्या भएकोले सरकारले उक्त विश्वविद्यालयमा एनओसी दिने विषयमा समेत ख्याल गर्नुपर्ने उनको आग्रह छ ।
‘जुन देशमा, जुन विश्वविद्यालयमा, जुन शिक्षण संस्थामा नेपाली विद्यार्थीहरू सुरक्षित छैनन् । सुरक्षाको अनुभुति छैन, प्रत्याभूति छैन त्यस्तो ठाउँमा विद्यार्थी पठाउनु हुन्न।’ उनले भनिन् ।
‘किट विश्वविद्यालयमा आफ्ना छोराछोरी नपढाउनको नेपाली अभिभावक सबैलाई अनुरोध समेत गरिन ।नेकपा एमालेकी सांसद सुमित्रा बिसी ,
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखर कुमार सिंहले पनि घटनाबारे सरकारको ध्यानाकर्षण गरे ।

























