विकल पौडेलसहित तिन जना प्रिन्टिङ मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्धामा दोषी ठहर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल प्रिन्टिङ मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन्। विशेष अदालतले दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र १३ करोड ५८ लाख ५२ हजार रुपैयाँ जरिवाना तोकेको हो। कार्यकारी भूमिकामा रहेकाले उनलाई थप ६ महिना कैद सजाय सुनाइएको छ ।

त्यस्तै म्याक्स इन्टरनेसनल प्रालि र सिइओ अकबर हुसेनलाई पनि समान जरिवाना र एक वर्ष ६ महिना कैद सजाय तोकिएको छ। अदालतले पौडेल, म्याक्स इन्टरनेसनल र अकबरले जनही ५४ लाख ३४ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने फैसला सुनाएको छ।

साे मुद्दामा चार कर्मचारी—सफल श्रेष्ठ, नवीन पोखरेल, खड्कबहादुर थापा र हरिबल्लभ घिमिरे भने निर्दोष ठहरिएका छन्।

पौडेलले दुई छुट्टाछुट्टै शीर्षकको ७६ करोड बजेटलाई एउटै प्याकेज बनाएर स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर खरिद गरेको अदालतकाे फैसलामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here