ताेलामा ५३ सय रुपैयाँले बढ्याे सुन

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । सोमबार तोलामा ५ सय बढेको सुन आज ५ हजार ३ सय रुपैयाँले बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । साेमबार सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि ५५ रुपैयाँ बढेको छ । सोमबार तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ९ सय ६५ रुपैयाँ ताेकिएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here