रास्वपाले उठायो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय

काठमाडौं । मंगलबार प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान लिएको विषय उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सो बिष्य उठान गरेका हुन् । उनले प्रश्न गरे ‘यो कतै राजनीतिक प्रतिशोधका आधारमा भइरहेको त छैन ?’
यी सबै विषयलाई आफ्नो पार्टीले एउटा राजनीतिक प्रतिसोधको क्रमको रुपमा हेरिराखेको रास्वपा सांसद झा ले बताएका हुन् ।

‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौं’, सांसद झा ले भनेका छन् ।

‘हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपाल ज्युको पनि बयान लिंदैछ भन्ने सुन्दैछौं । अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ’ सांसद झाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here