लाइभ ऐट अलफ्टमा प्रस्तुति दिंदै नेपाल आइडल सिजन २ का विजेताहरु

काठमाडौं, ६ कात्तिक । ठमेलस्थित अलफ्ट होटलले लाइभ ऐट अलफ्टमो नेपाल आइडल सिजन २ का फाइनलिस्टहरुको प्रस्तुति आयोजना गर्ने भएको छ ।

नेपाल आइडल सिजन २ का विजेता रवि ओडका साथमा रनर अप विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले शुक्रवार आफ्नो सुमधुर आवाज अलफ्टमा गुञ्जाउने तयारी गरेका छन् ।

लाइभ ऐट अलफ्ट म्युजिक सिरिजको बारे बताउँदै अलफ्ट काठमाडौं ठमेलका महाप्रवन्धक विक्रम सिंहले भन्छन्, ‘अलफ्ट होटलको मुख्य विशेषता, लाइभ ऐट अलफ्ट अन्तर्राष्ट्रिय मान्यता प्राप्त कन्सर्टको सिरिज हो जुन विश्वभरका अलफ्टमा स्थानीय, उदीयमान र भेटेरान कलाकारहरुले प्रस्तुती दिन्छन् र अलफ्ट काठमाडौं ठमेल पनि अरु भन्दा फरक छैन् ।’

अलफ्ट गीत–संगीत, प्रविधि र डिजाइनका लागि परिचित छ । र, अन्तर्राष्ट्रिय स्तरमै एक दशकदेखि विश्वभरका अलफ्ट होटलहरमा निरन्तर हरेक साँझ डब्लू एक्सवाईजेड बारमा लाइभ म्यूजिक होस्ट गरेर उदीयमान सांगीतिक प्रतिभाहरु तथा स्थानीय प्रतिभाहरुलाई प्रबद्र्धन गर्दै आइरहेको छ ।

यो महिनाबाट शुरु गरेर अलफ्ट काठमाडौंले लाइभ ऐट अलफ्ट होस्ट गर्ने योजना बनाएको हो ।

हाल विश्वका २६ देशमा १ सय ४० भन्दा बढी अलफ्ट होटल सञ्चालनमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here