काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
आज नेप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा बन्द भएको छ। नेप्से घटेपनि कारोबार रकम भने बढेको छ।
बुधबार १० अर्ब ५१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब ६५ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १४ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१५ वटा कम्पनीको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको हो।बिहीबार ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ।
आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेकाे छ। त्यस्तै छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।