१४ सय रुपैयाँले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । केही दिनदेखि लगातार बढेकाे सुनकाे भाउ शुक्रबार भने ओरालो लागेको छ। बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रूपैयाँ ताेकिएकाे छ। बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँ पुगेको थियो।

यता बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।