काठमाडौं। युद्धविरामकाे केही घण्टामै पाकिस्तानले बम विस्फाेट गरेकाे भारतले आरोप लगाएकाे छ। भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको हाे ।
जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन् ।