घट्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।

शुक्रबार एक हजार चार सय घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँ ताेकिएकाे छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यता, आइतबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।