काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा लगिएको थियो ।
राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको हिंसात्मक
प्रदर्शनमा भूमिका खेलेको आरोपमा मिश्रलगायत आरोपीलाई प्रहरीले पक्राउ गरेको हो।