उकालो यात्रामा सुनको भाउ, तोलामा ५ सयले बढ्यो

आज नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यता बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।