काठमाडौं । बुधबार बिहान ट्राफिक प्रहरी इन्स्पेक्टरले प्रहरी जवानलाई थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि
प्रहरीले सोधपुछ गरिरहेको छ।
भिडिओ भाइरल भएसँगै ट्राफिक प्रहरी कार्यालय काठमाडौं उपत्यका ट्राफिक कार्यालयले ट्राफिक प्रहरी इन्स्पेक्टर जितेन्द्र कुमार साहलाई बोलाएर सोधपुछ गरिरहेको छ भने प्रहरी जवान मदन खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोधपुछ गरिरहेको छ।
उनीहरू दुवै जनालाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
प्रहरी जवानले आर्थिक लेनदेन गरेको हुनाले ट्राफिक प्रहरी इन्स्पेक्टरले थप्पड हानेको खुलेकाे छ। तर यसबारे थप सोधपुछ भइरहेको छ।
‘एक पक्षको मात्र कुरा सुनेर हुँदैन। दुवै पक्षबीच सोधपुछ चलिरहेको छ,’ एसपी गिरीले भने।


























